उपनिर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन कार्यकर्तालाई कोइरालाको आग्रह

हिमाल प्रेस २ वैशाख २०८० २१:२०
4
SHARES
उपनिर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन कार्यकर्तालाई कोइरालाको आग्रह फाइल तस्बिर।

मोरङ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान अवस्थामा पार्टीका नेता एवम् कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताएका छन्। नववर्ष ०८० सालको उपलक्ष्यमा शनिबार पार्टीले मोरङमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

पार्टीभित्र विगतमा रहेका तिक्ततालाई सम्पूर्ण कार्यकर्ता एवम् नेतृत्वले बिर्सिएर एक ढिक्का हुनुपर्ने उनको भनाइ छ। कांग्रेसको बहुमतमा सरकार निर्माण गर्ने उद्देश्यले आगाडि बढ्न उनले कार्यकर्ताहरूमा आग्रह गरे।

आसन्न उपनिर्वाचनमा पार्टीका दुई उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिँदै उनले साथीलाई होइन पार्टीलाई आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरे। पार्टीका पूर्वउपाध्यक्ष विजयकुमार गच्छदारले कानुनी राज्य, संसदीय प्रजातन्त्रलाई स्थायित्व र राजनीतिकस्थिरता कायमका लागि कांग्रेसको काँधमा ठूलो जिम्मेवारी रहेको बताए।

इतिहास बाँकेको पार्टीसमक्ष रहेका विभिन्न चुनौती समाधान लागि वर्तमान अवस्थामा युवा पिँढीको साथ आवश्यक रहेको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 13 =