काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ।
आज दिउँसो २ बजे बस्ने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकमा सरकारमा पार्टीको सहभागिताबारे र पछिल्लो समय पार्टीभित्रै उठेका विवादहरूबारे समेत समीक्षा हुने नेताहरूले बताएका छन्।
पछिल्लो समय एकीकृत समाजवादीबाट मुकुन्द न्यौपानेलगायतका नेताले छाडेका छन्। यसबारे पनि आजको बैठकमा छलफल हुनेछ।
प्रकाशित: १ वैशाख २०८० १३:२१
प्रतिक्रिया