रेल सेवा विस्तार : अब दैनिक चारपटक ओहोरदोहोर

हिमाल प्रेस १ वैशाख २०८० १३:०७
6
SHARES
रेल सेवा विस्तार : अब दैनिक चारपटक ओहोरदोहोर फाइल तस्बिर

काठमाडौँ- नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आज (शुक्रबार) बाट दिनको चारपटक रेल आवतजावत हुने भएको छ। यसअघि दुईपटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै सेवा विस्तार गरिएको हो।

रेल्वेका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे प्रस्थान गर्नेछ।

यो सेवा विस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने विश्वास छ। यसअघि एकपटक मात्र कुर्थाबाट खुल्ने गरेको रेलमा यात्रु बस्ने सिटको अभाव र अनावश्यक भीडभाड हुने गरेको थियो।

महाप्रबन्धक झाले बिजलपुरासम्म रेल सेवा विस्तारका लागि दुई चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको जानकारी गराए। उनले बाँकी अधुरा कामहरू छिट्टै पूरा गरेर आफूहरूलाई हस्तान्तरण गर्न भारतीय कम्पनी इरकनलाई आग्रह गरिएको बताए।

थप एक यात्रुवाहक र एक कार्गो गरी दुई रेल सरकारसँग माग गरेको उनको भनाइ छ।

प्रकाशित: १ वैशाख २०८० १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast