काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालयले नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्न सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिने भएको छ। विश्वविद्यालयले ‘विश्वविद्यालय शैक्षिक संस्थागत नमुना तथा सम्बन्धन सम्बन्धी कार्यविधि २०७९’ अनुसार नयाँ कलेजलाई सम्बन्धन दिने गरी आवेदन खुला गरेको हो।
विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमका लागि सम्बन्धन दिन लागेको हो। सामुदायिक, निजी वा सहकारीको स्वामित्वमा आधारित क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।
प्रकाशित: २९ चैत २०७९ १३:११
प्रतिक्रिया