विराेधकाबीच फिलिपिन्स र अमेरिकाको संयुक्त सैन्य अभ्यास सुरु

हिमाल प्रेस २८ चैत २०७९ २१:४५
2
SHARE
विराेधकाबीच फिलिपिन्स र अमेरिकाको संयुक्त सैन्य अभ्यास सुरु US exercise director and representative for Balikatan US marines Major General Eric Austin (R)speaks, while Philippines exercise director for Balikatan Major General Marvin Licudine (L) listens during a press conference after the opening ceremony of the 'Balikatan' joint military exercise at the military headquarters in Quezon City, suburban Manila on April 11, 2023. (Photo by Ted ALJIBE / AFP)

मनिला- कटु आलोचनाका बीच फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले बृहत् संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। सुरक्षा विश्लेषकहरूका अनुसार यो अभ्यास एक दशकयताकै सबैभन्दा बृहत् हो। संयुक्त सैन्य अभ्यास र गतिविधिले यस क्षेत्रमा तनाव बढाएको विश्लेषकहरूले बताएका छन्।

बालिकाटन नामको १८ दिने अभ्यासमा पाँच हजार चार सय जना फिलिपिन्सका र १२ हजार दुई सय जना अमेरिकी सैनिक सहभागी रहेको फिलिपिन्सको सेनाले जानकारी दिएको छ। सैन्य अभ्यासमा अष्ट्रेलियाको सशस्त्र सेनाबाट एक सय जना सदस्य तथा जापान, बेलायतलगायत दर्जनौँ देशले पर्यवेक्षकका रूपमा भाग लिएका छन्।

‘बालिकाटन २०२३’ उत्तरी लुजोन टापु, पलावान प्रान्त, बाटानेस टापु र जाम्बालेस प्रान्तलगायत धेरै स्थानमा आयोजना हुने बताइएको छ। अभ्यास सामुद्रिक सुरक्षा, ‘साइबर डिफेन्स’, प्रतिआतंकवाद, मानवीय सहायता, प्रकोप व्यवस्थापन तथा उद्धारमा केन्द्रित हुनेछ। अभ्यासका क्रममा फिलिपिन्स र अमेरिकी सेनाले हाइमोबिलिटी आर्टिलरी रकेट सिस्टमसहित अत्याधुनिक हतियार प्रणालीलाई पनि सक्रिय पार्नेछन्।

लिगअफ फिलिपिनो स्टुडेन्ट्सले उक्त अभ्यासको विरोध गरेको छ। सैन्य अभ्यास औपचारिक रूपमा प्रारम्भ हुनु केहीबेर अघि उक्त संगठनका सदस्यले विरोध प्रदर्शन गरेका थिए। विरोधका क्रममा उनीहरूले फिलिपिन्स सरकारलाई अमेरिकासँगको सैन्य सम्झौता खारेज गर्न माग पनि गरेका थिए।

प्रदर्शनकारी सैन्य अभ्यासको निन्दा गरिएका प्लेकार्ड र ब्यानर बोकेका थिए। साथै उनीहरूले फिलिपिन्सका नागरिकहरूलाई उक्त अभ्यासको विरोध गर्न आह्वान पनि गरेका थिए।

केही प्रदर्शनकारीले यहाँस्थित अमेरिकी राजदूतावास बाहिर रहेको अमेरिकाको प्रतीक चिह्नमा रङ पोतेर प्रतीक चिह्न कुरूप पारेका छन्।

अभ्यासको औपचारिक कार्यक्रम भइरहेका बेला सैनिक मुख्यालय र अन्य सैनिक क्याम्पका गेटमा अर्काथरि प्रदर्शनकारीले अभ्यासको विरोध गरेका थिए। यहाँस्थित विद्वत् वर्गको समूह एसियन सेन्चुरी फिलिपिन्स स्ट्राटेजिक स्टडीज इन्स्टिच्युटका उपाध्यक्ष अन्ना मालिन्डोग उयले वालिकाटन अभ्यासबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संगठन (आसियान) क्षेत्र र विशाल एसिया-प्रशान्त क्षेत्रमा अस्थिरता सृजना गर्ने टिप्पणी गरेका छन्।

उनले अमेरिकालाई हतियारमा खर्च गर्नुको सट्टा यस क्षेत्रका देशलाई आर्थिक सहयोग गर्न सुझाव दिएका छन्। रासस÷सिन्ह्वा

प्रकाशित: २८ चैत २०७९ २१:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =