काठमाडौँ- न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्। वैवाहिक जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालतसमक्ष पक्राउ पुर्जी माग गरेको थियो।
अदालतले प्रहरीको माग बमोजिम अनुमति दिएपछि पक्राउ पुर्जी जारी भएसँगै उनी प्रहरीको खोजी सूचीमा थिए। उनविरुद्ध श्रीमतीले जाहेरी दिएकी थिइन्। गिरी हाल न्यायपरिषदमा कार्यरत छन्।
प्रहरीले आज मंगलबार गिरीलाई काठमाडौँस्थित सामाखुसीबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले काठमाडौँ प्रहरीसँगको सहकार्यमा गिरीलाई पक्राउ गरेको हो।
प्रकाशित: २८ चैत २०७९ १६:१८
प्रतिक्रिया