कोभिड संक्रमणबाट सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

हिमाल प्रेस २७ चैत २०७९ २१:०८
8
SHARES
कोभिड संक्रमणबाट सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

कोभिड भाइरसको संक्रमण केही दिनयतादेखि उकालो लागेको मन्त्रालयले जनाएको छ। सोमबार एकै दिन २ हजार ५ सय ६६ जनामा गरिएको परीक्षणमा १ सय २४ जना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

‘अहिलेको अवस्था हेर्दा अझै केही दिन संक्रमण बढ्ने छ,’ उनले भने, ‘त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर संक्रमण बच्नुपर्दछ।’ कोभिड भाइरसको संक्रमण अझै केही दिन बढ्ने भएकाले कोभिड भाइरसविरुद्धको खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ।

सोमबार २९ जना कोभिड संक्रमणबाट उपचार गरी घर फर्किएका छन्। अहिलेसम्म सक्रिय संक्रमित ४ सय ४४ जनामा पुगेको छ। काठमाडौँ उपत्यकामा २१ जना आइसोलेसन र १० जना सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेका छन्।

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवी. १.१६ देखापरेका छ। शून्यमा झरेको संक्रमण नेपाल भारत खुला सिमानाका कारणले संक्रमितहरु नेपाल प्रवेश गर्नाले फैलिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =