काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। शर्माले आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
‘कोभिड-१९ द्वारा तेस्रो पटक संक्रमित। पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभए पनि कोभिड त कोभिड नै रहेछ’ उनले लेखेका छन्।
देशभर पछिल्लो समय कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या बढ्दो छ।
प्रकाशित: २७ चैत २०७९ १७:११
प्रतिक्रिया