समिट होटलले भन्यो : जमिन भासिएको विषयमा छलफल गरेर काम अघि बढाइएको छ

हिमाल प्रेस २७ चैत २०७९ १४:२४ | Monday, April 10, 2023
समिट होटलले भन्यो : जमिन भासिएको विषयमा छलफल गरेर काम अघि बढाइएको छ

काठमाडौँ- ललितपुर महानगरपालिका-१ कुपण्डोल हाइटमा निर्माणाधीन समिट रेसिडेन्सीले निर्माणको क्रममा जमित भासिँदा स्थानीयवासीको घरमा क्षति पुगेको विषयमा सरोकारवालासँग छलफल गरी काम अघि बढेको बताएको छ।

सोमबार विज्ञप्ति जारी समिट होटलले निर्माण कम्पनी, स्थानीयबासी र जनप्रतिनिधिसमेतको रोहवरमा छलफल भई समस्या समाधानको सहमति भएको र सहमतिअनुसार आगामी काम अगाडि बढाइने बताएको हो।

यही चैत २५ गते अपार्टमेन्ट निर्माणको क्रममा पाइल प्रोटेक्सन चलिरहँदा पूर्वदक्षिणतर्फ केही जमिन भासिएको समिट होटल प्रालिका प्रोजेक्ट सञ्चालक सञ्चित श्रेष्ठले बताए।

त्यस्तै यो परियोजनाको नक्सापास नै नभएको कुरा बाहिरिएपछि होटलले यस सन्दर्भमा पनि स्पष्टीकरण दिएको छ।

प्रकाशित: २७ चैत २०७९ १४:२४ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast