कोभिड संक्रमण बढेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आग्रह

हिमाल प्रेस २६ चैत २०७९ १८:५८
4
SHARES
कोभिड संक्रमण बढेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आग्रह

काठमाडौँ– कोभिड १९ को संक्रमण बढ्दै गएको देखिएपछि सरकारले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ। पछिल्लो समय कोभिड भाइरसको दर बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले पछिल्लो समयमा कोभिड संक्रमण तीव्र रूपमा बढी रहेकाले कोभिडबाट जोगिन अनिवार्य स्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न आग्रह गरेका छन्।

कोभिड संक्रमण अहिले दनिक ४० जनाभन्दा बढीमा देखिरहेको भन्दै यसबाट सबैजना सजग हुन उनले आग्रह गरे। भिडभाडमा नजान र नगर्न, मास्क अनिवार्य प्रयोग गर्न र हातको सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए।

कोभिड- १९ सँग मिल्दोजुल्दो लक्षण देखिए पनि चिकित्सकको आवश्यक सल्लाह लिएर मात्रै औषधि सेवन गर्न र कोभिड १९ बिरुद्धको खोप समयमै लगाउन उनले आग्रह गरे।

‘संक्रमणको बढोत्तरी हुँदैछ, अहिले दैनिक सरदर ४० जनाभन्दा माथिमा संक्रमण पुष्टि भइरहेको छ। यसरी हेर्दा देशभर सक्रिय संक्रमितहरू ३५० को हाराहारीमा देखिन्छ। यो संख्या केही दिनयता बढेको हो,’ उनले भने।

अहिले नेपालीमा कोभिडसँग लड्ने क्षमतामा वृद्धि भएको, कोभिड १९ विरुद्धको खोप लगाइसकेकाले पनि रोग प्रतिरोधात्मक क्षमता बढेको उनको भनाइ छ। पछिल्लो समय बढिरहेको कोभिड संक्रमणलाई मध्यनजर गरेर अस्पतालहरूलाई आवश्यक निर्देशन दिइसकेको सहायक प्रवक्ता अधिकारीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =