वैकल्पिक र करार शिक्षक व्यवस्थापन गर्न केन्द्रको निर्देशन

हिमाल प्रेस २६ चैत २०७९ १५:२७
24
SHARES
वैकल्पिक र करार शिक्षक व्यवस्थापन गर्न केन्द्रको निर्देशन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैकल्पिक र करार शिक्षक व्यवस्थापन गर्न सबै शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ।

केन्द्रले वैकल्पिक उम्मेदवारको सूची र करार सूचीमा रहेका उम्मेदवारको विवरण शिक्षक सेवा आयोगबाट लिई अद्यावधिक अभिलेख राख्न निर्देशन दिएको हो।

वैकल्पिक उम्मेदवारहरूलाई नियुक्ति दिने सम्बन्धमा शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधन सहित) को नियम २५ बमोजिमको अवस्था देखिएमा आधिकारिक अभिलेखका आधारमा यकिन गरी तोकिएको प्रक्रियाबमोजिम वैकल्पिक उम्मेदवारलाई नियुक्त गर्न निर्देशन दिएको हो।

केन्द्रले आयोगको परीक्षामा सफल भई स्थायी नियुक्तिका लागि सिफारिस भएका वैकल्पिक उम्मेदवारहरूको प्रदेशस्थित शिक्षा विकास निर्देशनालयले निम्नमाध्यमिक र माध्यमिक तहको वैकल्पिक उम्मेदवार र करार सूचीको विवरण शिक्षक सेवा आयोगबाट लिई अद्यावधिक अभिलेख राख्न निर्देशन दिएको छ। केन्द्रले सबै अभिलेख राख्न इकाईलाई निर्देशन दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =