साहित्य लेखनमा विद्यार्थीको रुचि बढाउन बालकथा संग्रह सार्वजनिक

हिमाल प्रेस २५ चैत २०७९ २०:४९
4
SHARES
साहित्य लेखनमा विद्यार्थीको रुचि बढाउन बालकथा संग्रह सार्वजनिक

काठमाडौँ- विद्यालय तहका बालबालिकाहरूको प्रतिभा पहिचान गरी सिर्जनशीलता, भाषिक सीप र दक्षता बाहिर निकाल्न इम्पेरियल वर्ल्ड स्कुलले महत्त्वपूर्ण कार्य थालनी गरेको छ। स्कुलले नवीन पाइला र इम्याजिनेटिभ वर्ल्ड बालकथा संग्रह प्रकाशन गरेर बालबालिकाको क्षेत्रमा नयाँ काम सुरु गरेकाे दाबी गरेकाे हाे।

शनिबार एक कार्यक्रममा सार्वजनिक गरिएका कृतिहरू नवीन पाइला बालकथा संग्रह नेपालीमा र इम्याजिनेटिभ वर्ल्ड अंग्रेजी भाषामा रहेका छन्। प्रमुख अतिथि बाल साहित्यकार यशु श्रेष्ठ, विद्यालयका अध्यक्ष कुमार कार्की, प्रिन्सिपल जुनिता शाहीले संयुक्त रूपमा कथा संग्रहको विमोचन गरिएका हुन्।

बालकथा संग्रहमा कक्षा तीनदेखि कक्षा दशसम्मका बालबालिकाहरूका कथा समेटिएका छन्। उनीहरूका आफ्ना नीजि अनुभूति रहेका कथाहरूमा बालबालिकाका कल्पना, साहस र सफलताका कथा समेटिएका छन्।

साहित्यकार यशु श्रेष्ठले विद्यालय वगैँचा र बालबालिका त्यसका फूल भएको भन्दै नवीन पाइला र इम्याजिनेटिभ वर्ल्ड बालकथा संग्रहले बालबालिकालाई साहित्यमा रुचि बढाउन सहयोग पुग्ने बताए।

बालसाहित्य क्षेत्र उपेक्षित रहेकोले प्रत्येक विद्यालयले साहित्य लेखनको जग बसाल्न आवश्यक रहेको बताए। विद्यालयका अध्यक्ष कुमार कार्कीले विद्यालयले विद्यार्थीलाई कक्षा कोठामा मात्रै पढाएर नपुग्ने र वास्तिविक जीवनमा नै पुगेर जस्ताको तस्तै उतार्न खोजिएको बताए।

साहित्य बालबालिकाहरूका लागि प्रेरणाको स्रोत हुने बताउँदै प्रत्येक वर्ष दुईवटा पुस्तक विमोचन गर्ने तयारी रहेको जानकारी उनले दिए। प्रिन्सिपल जुनिता शाही कार्कीले सहित्यले बालबालिकाको सिकाइमा ठूलो प्रभाव पार्ने भए पनि यसले धेरै महत्त्व नपाएको बताइन्।

इम्पेरीयल वल्र्ड स्कुलले सार्वजनिक गरेको दुई बालकथा संग्रहले विद्यार्थीको क्षमता विकासमा ठूलो भूमिका खेल्ने उनले बताइन्।

प्रकाशित: २५ चैत २०७९ २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =