मेयरकप क्रिकेट प्रतियोगितामा हेटौंडा र जनकपुर विजयी

हिमाल प्रेस २५ चैत २०७९ १८:००
6
SHARES
मेयरकप क्रिकेट प्रतियोगितामा हेटौंडा र जनकपुर विजयी

जनकपुरधाम– जनकपुरधाममा जारी मेयरकप क्रिकेट प्रतियोगिताअन्तर्गत हेटौंडा र जनकपुर टिम विजयी भएका छन्। हेटौंडा रौतहटलाई पराजित गर्दै विजयी भएको हो भने जनकपुरले सिरहा टिमलाई पराजित गरेको हो।

जनकपुर लगातार दोस्रो खेल जित जित्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको पहिलो खेलमा हेटौंडाले रौतहटलाई ५ विकेटले पराजित गरेको थियो।

रौतहटले दिएको १ सय ९ रनको लक्ष्य हेटौंडाले १६ ओभर १ बलमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो। हेटौंडालाई सहज जित दिलाउन गौरव खडाकाले अविजित ५१ रनको अर्धशतकिय पारी खेले। यस्तै हेटौंडाका लागि सुमन सुनारले १३ र रामनरेश गिरीले १० रनको योगदान गरे।

रौतहटको बलिङमा आशिक साह र संजय साहले २/२ तथा धर्मेन्द्र साहले १ विकेट लिन सफल भए। यसअघि पहिले ब्याटिङ गरेको रौतहट अरविन्द चौधरीको ३६ र धर्मेन्द्र साहको २७ रनको योगदानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रनको स्कोर खडा गरेको थियो।

रौतहटलाई सस्तैमा समेट्न शुभ कंसकार र रामनरेश गिरीले घातक बलिङ गर्दै ३/३ विकेट लिए। यस्तै अशिम श्रेष्ठ र विशाल फुयालले १/१ विकेट लिएका थिए।

शनिबारको दोस्रो खेलमा सिरहालाई १० विकेटले पराजित गर्दै जनकपुरको टिम सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा महोत्तरीलाई पराजित गरेको जनकपुरको टिम लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

सिरहाले दिएको ८४ रनको झिनो लक्ष्य जनकपुरको टिमले बिना कुनै विकेटको क्षतिमा पूरा गरेको थियो। जनकपुरका लागि हरिशंकर साहले ३६ र मयन यादवले ३० रनको अविजित पारी खेले।

यस अघि पहिले ब्याटिङ गरेको सिरहाको टिम जनकपुरको बलरसामु टिकेर ब्याटिङ गर्न सकेनन्। सिरहाका लागि शैलेन्द्र साह १७, राकेश कामत १६, कृष्णा साह १२ र अशोक यादवले ११ रनको सानो सानो पारी खेलेका थिए।

सिरहाली टिमलाई सस्तैमा समेट्न कृष्णा कार्की र विशाल सुशलिंग घातक बलिङ गरेका थिए। दूबैले ४/४ विकेट लिएका थिए। आकाश रोय २ विकेट लिन सफल भए।

प्रकाशित: २५ चैत २०७९ १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =