नेवानिको संरचनागत र व्यवस्थापकीय पक्ष अध्ययनका लागि मन्त्रालयले गठन गर्‍यो समिति

हिमाल प्रेस २४ चैत २०७९ १८:५६
4
SHARES
नेवानिको संरचनागत र व्यवस्थापकीय पक्ष अध्ययनका लागि मन्त्रालयले गठन गर्‍यो समिति

काठमाडौँ– नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्नको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ।

पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको मन्त्री सुदन किरातीले जानकारी दिए। समितिअध्यक्षमा पूर्व गभर्नर क्षेत्री र सदस्यहरूमा क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पियूष आनन्द र सहारा न्यौपाने रहेको उनले जानकारी दिए।

निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्न अध्ययन समितिले अध्ययन प्रतिवेदन तयारी गरी मन्त्रालयमा पेश गर्नेछ। आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको निगमले जहाज खरिदबापत झण्डै ५० अर्ब रुपैयाँ ऋणभार बहन गरिरहेको छ।

बजार विस्तार र व्यवसायिक योजना ल्याउन नसक्दा निगमले व्यवसायिक सफलता हासिल गर्न सकेको छैन। पर्याप्त जहाज नहुँदा अन्तर्राष्ट्रिय गन्तव्य विस्तार र बजारीकरण प्रभावकारी हुनसकेको छैन। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाईडबडी ए ३३० र दुई थान न्यारोबडी ए३२० जहाज छन्। आन्तरिक उडानमा मात्र दुई थान ट्वीनअटर जहाज छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =