दूर सञ्चार ऐनको मस्यौदा

राज्यलाई ५० औँ अर्ब नोक्सान हुँदैछ : नेता कोइराला

हिमाल प्रेस २४ चैत २०७९ १५:५६
30
SHARES
राज्यलाई ५० औँ अर्ब नोक्सान हुँदैछ : नेता कोइराला फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले मस्यौदा गरिरहेको दूरसञ्चार ऐनका कारण नेपाललाई ५० औँ अर्ब रुपैयाँ नोक्सान हुने दाबी गरेका छन्। काठमाडौँमा शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले एनसेल २५ वर्षपछि सरकारको स्वामित्वमा आउनुपर्ने भए पनि भित्रभित्रै विभिन्न चलखेल गरी सरकारको स्वामित्वमा नआउने काम भइरहेको बताए।

उनले भने, ‘ऐन आउने भनेर सुनिरहेका छौँ हामीले। तर त्यो एक्टले ५० औँ अर्ब रुपैयाँ नेपाललाई नोक्सान हुने अवस्था छ। त्यो टेलिकमको कुरा गरेको हो। एनसेलले २५ वर्षपछि छोड्नुपर्ने, एनसीएलले दिनुपर्ने पैसा के छ? उसले के बदमासी गरेर मिलाउँदैछ? यस्ता कुरा भन्नुपर्छ तपाईंहरूले।’

प्रकाशित: २४ चैत २०७९ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =