जनकपुरधाम मेयर कप उद्घाटन खेलमा जनकपुर टिम विजयी

हिमाल प्रेस २३ चैत २०७९ १९:१९
26
SHARES
जनकपुरधाम मेयर कप उद्घाटन खेलमा जनकपुर टिम विजयी

जनकपुरधाम– धनुषाको जनकपुरधाममा मेयर कप क्रिकेट प्रतियोगिता बिहीबार (आज)देखि सुरु भएको छ।

जनकपुरधाम १४ स्थित निर्माणाधिन श्रीराम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा सुरु भएको जनकपुरधाम मेयर कपको उद्घाटन खेलमा जनकपुर टिम विजयी भएको छ।

उद्घाटन खेलमा महोत्तरीलाई ३२ रनले पराजित गर्दै जनकपुरले विजयी सुरुवात गरेको हो। निर्धारित २० ओभरको खेलमा जनकपुरले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको महोत्तरी ७ विकेटको क्षतिमा १ सय १५ रनमै सीमित भएको थियो।

महोत्तरीका लागि सर्फराज अन्सारी २०, अभिषेक तिवारी १९ र विनोद सहनीले १४ रन बनाए। अन्य ब्याट्सम्यानहरूले राम्रो प्रदर्शन गर्न सकेनन्। महोत्तरीलाई सस्तैमा समेट्नका लागि जनकपुर टिमका कृष्णा कार्कीले घातक बलिङ गर्दै सर्वाधिक ३ विकेट लिन सफल भए। त्यस्तै आकाश राय, हरिशंकर साह र बिक्रम यादवले १/१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रनको स्कोर खडा गरेको थियो। जनकपुरका लागि हिमांशु दत्त र पर्शुराम यादवले २८/२८, शरद भेषवाकरले १७ रनको योगदान गरे।

महोत्तरीका लागि विनोद सहनीले सर्वाधिक ३ विकेट लिए। यस्तै नितेस यादव, अभिषेक तिवारी, रमेश सहनी र नवीन यादवले १/१ विकेट लिए।

प्रकाशित: २३ चैत २०७९ १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =