कृषिमन्त्री नै भन्छन्- मल आउने टुंगो छैन

हिमाल प्रेस २१ चैत २०७९ १८:२७
2
SHARE
कृषिमन्त्री नै भन्छन्- मल आउने टुंगो छैन फाइल तस्बिर।

काठमाडौँ- कृषि तथा पशुञ्छि मनत्री डा. बेदुराम भुसालले रासायनिक मल आउने टुंगो नभएको बताएका छन्। मंगलबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले मल आउने टुंगो नभएको बताएका हुन्।

आवश्यक मल आयातका लागि व्यवस्था मिलाउन करिब ७५ प्रतिशत सम्झौता भइसके पनि ल्याउने टुंगो नभएको उनले सदनलाई जानकारी गराए। कृषिबालीका लागि मलको अभाव रहे पनि आयातका लागि भन्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो। मल आयातका लागि अन्य मुलुकको यातायात व्यवस्थामा निर्भर हुनुपर्ने उनले बताए।

मन्त्री भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउन र कृषकलाई ऋण तथा अनुदान उपलब्ध गराउने कार्यमा दूरुपयोग हुन नदिने विषयमा लिखित सुझाव दिन पनि सांसदहरूलाई आग्रह गरे। ‘मैले धेरै सुझाव प्रष्ट रूपमा, लिखित रूपमा नै चाहेको हो,’ उनले भने, ‘हामी अहिले आगामी वर्ष नीति तथा कार्यक्रम तयार गर्ने प्रक्रियामा छौँ।’

प्रकाशित: २१ चैत २०७९ १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =