शिक्षकलाई राजनीतिमा रोक्नुपर्छ : रवीन्द्र मिश्र

हिमाल प्रेस २१ चैत २०७९ १६:१३
42
SHARES
शिक्षकलाई राजनीतिमा रोक्नुपर्छ : रवीन्द्र मिश्र रवीन्द्र मिश्र

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरूलाई राजनीति गर्नबाट रोक्नुपर्ने बताएका छन्। सार्वजनिक विद्यालयका शिक्षकहरूलाई राजनीति गर्नबाट रोक्न नसके देश रूपान्तरण सम्भव नरहेको उनले बताएका हुन्।

मंगलबार काठमाडौँमा सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले शिक्षकले राजनीति गर्न नहुने बताए। सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक कर्मचारीहरू नेपालबाहेक कुनै पनि देशमा नरहेको उनको भनाइ थियो।

सरकारी कार्यालयमा युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने उनले बताए। बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरूले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडादायी विषय रहेको जिकिर गरे।

विद्यालय तथा विश्वविद्यालयहरूमा राजनीति नगर्न सबै राजनीतिक दलहरूलाई उनले आग्रह गरे। शिक्षामा राजनीतिककरण गर्नु जघन्य अपराध रहेको उनकाे टिप्पणी थियो। ‘संसारमा कुनै पनि यस्तो देश छैन, जहाँ सरकारी तलब खाएर एउटा सरकारी कार्यालयमा सात वटा युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गरेको होस्,’ उनले भने।

जस्तोसुकै कानून लिएर आए पनि त्यो कानूनले नै सार्वजनिक विद्यालयका शिक्षकहरूलाई सरकारी तलब खाने शिक्षकहरूलाई राजनीतिबाट रोक्न नसकेमा देशमा मरिमेटेर लागे पनि रूपान्तरण सम्भव नरहेको उनको भनाइ थियो।

प्रकाशित: २१ चैत २०७९ १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + ten =