बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

हिमाल प्रेस २० चैत २०७९ २१:३८
12
SHARES
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा परी १४ घाइते भएका छन्। गणमेश्वरबाट देहीमाडौँतर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप पञ्चेश्वर–५ तिलकपुर नेटामा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी पञ्चेश्वर–५ का ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। घाइते हुनेमा पञ्चेश्वर–६ रोडीका ६९ वर्षीय नरेन्द्रसिंह भण्डारी, पञ्चेश्वर–५ मस्नेटाका ३३ वर्षीया निर्मला पन्त, सोही ठाउँका ८९ वर्षीय गोकुलदत्त भट्ट रहेका छन्।

त्यस्तै सोही ठाउँका ३३ वर्षीय रामप्रसाद भट्ट, ६२ वर्षीया जसुदेवी भट्ट, चार वर्षीय मोहित भट्ट, ३५ वर्षीया मीना भट्ट, ३३ वर्षीय राजेन्द्र भट्ट, २८ वर्षीया तुलसी भट्ट, २३ वर्षीया कुन्ती भट्ट, ३४ वर्षीय केशव भट्ट, ५५ वर्षीया ललिता भट्ट र तीन वर्षीय रोशन भट्ट पनि घाइते भएका प्रहरीले जानकारी दिएको छ।

पञ्चेश्वर–६ सेलीका २२ वर्षीय चालक राकेश कोली पनि घाइते भएका छन्। घाइतेमध्ये कुन्तीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। ब्रेक फेल भएर दुर्घटनामा परेको जिप सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीको अनुमान छ। रासस

प्रकाशित: २० चैत २०७९ २१:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =