नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक बेइजिङमा हुने

हिमाल प्रेस २० चैत २०७९ १९:००
12
SHARES
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक बेइजिङमा हुने

काठमाडौँ– नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक चीनको राजधानी बेइजिङमा हुने भएको छ। यो परराष्ट्र सचिव स्तरीय संयन्त्र हो। यस संयन्त्र पछि परराष्ट्र मन्त्री तहमा भ्रमण समेत हुनेगर्छ। सचिव स्तरीय संयन्त्रको १५ औं बैठकमा भाग लिन परराष्ट्र सचिव भरतराज पौड्याल नेतृत्व टोली मंगलबार बेइजिङ जाँदै छ। बैठक बिहीबार र शुक्रबार बस्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त बैठक चिनियाँ टोलीको नेतृत्व उपविदेश मन्त्री सन वेदोङले गर्नेछन्। संयन्त्रको बैठकमा नेपाल–चीन सम्बन्धका सबै विषयमा छलफल हुनेछ।

यो बैठकमा सीमा, दुईपक्षीय सम्वन्ध, व्यापार, नाका, रेल देखि क्षेत्रीय र अन्तराष्ट्रिय चासोका विषयमा समेत छलफल हुने परराष्ट्र अधिकारीले जानकारी दिएका छन्।

‘लामो समयपछि हुन लागेको बैठकमा हाम्रा सम्बन्धका सबै आयामबारे छलफल हुने भए पनि परराष्ट्रले अन्तर मन्त्रालय छलफलमा भने खासै चासो नराखेको र बैठकलाई निकै गोप्य राखेर काम गरेको थियो,’ एक अधिकारीले भने, ‘परराष्ट्रमा गोप्य भन्ने नै खासै अचेल हुँदैन तर किन यस्ता बैठक पनि अन्तरा मन्त्रालय छलफल गर्ने, अधिक विषय र समास्या बोकेर जाने किन गरिँदेन?’

प्रकाशित: २० चैत २०७९ १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =