बलिउड निर्देशक द्विवेदी भन्छन् : नेपाली कलाकारलाई भारतीय चलचित्रमा देख्न चाहन्छु

हिमाल प्रेस २० चैत २०७९ १३:१८
6
SHARES
बलिउड निर्देशक द्विवेदी भन्छन् : नेपाली कलाकारलाई भारतीय चलचित्रमा देख्न चाहन्छु

काठमाडौँ- भारतीय चलचित्र निर्देशक डा. चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई भारतीय चलचित्रमा देख्न चाहेको बताएका छन्। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतबार साँझ आयोजना गरेको अन्तरक्रियामा उनले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने धारणा राखे।

‘भारतमा विभिन्न देशबाट आएर चलचित्र क्षेत्रमा स्थापित भएका कलाकार प्रशस्तै छन्,’ उनले भने, ‘तर नेपाली कलाकारको संख्या न्यून छ, जबकि हामीबीचको भाषा र संस्कृति धेरै हदसम्म मिल्छ।’

अभिनेता तथा लेखक समेत रहेका डा. द्विवेदीले आफूले निर्माण गर्ने आगामी दुई चलचित्रको अडिसन नेपालमा गर्ने समेत स्पष्ट पारे। उनले ती चलचित्रको स्क्रिप्ट लेखन जारी रहेको र नेपाली कलाकारलाई अभिनय गराउने बताए।

उनले धेरै समयअघि भारतीय अभिनेता अमिताभ बच्चनलाई नेपालमा ल्याएर सुटिङ गर्ने योजना बनाएको स्मरण गरे। अन्तरक्रियामा अभिनेता राजेश हमाल, अभिनेत्री सुरक्षा पन्त, निर्देशक कुमार भाष्कर, नरेश पौडेल, पुर्नेन्दु झाका साथै अभिनेता कमलमणी नेपाल, भोलाराज सापकोटा, लेखक समीप्याराज तिमल्सेनालगायतको उपस्थिति थियो।

प्रकाशित: २० चैत २०७९ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + five =