दक्ष जनशक्ति उत्पादनमा विश्‍वविद्यालयले जोड दिनुपर्छ : कुलपति प्रचण्ड

हिमाल प्रेस १९ चैत २०७९ १६:५४
22
SHARES
दक्ष जनशक्ति उत्पादनमा विश्‍वविद्यालयले जोड दिनुपर्छ : कुलपति प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वबजारमा प्रतिस्प्रधी दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालय शिक्षा अघि बढ्नुपर्ने बताएका छन्। आइतबार पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘विद्यार्थीलाई सिप सिकाएर आत्मनिर्भर, व्यवसायिक र उद्यमशील बनाउनेतर्फ विश्वविद्यालय शिक्षा अघि बढ्नुपर्छ। यसरी मात्र देशको समुन्नति र विकासका लक्ष्य हासिल गर्नुका साथै विश्व बजारमा पहुँच विस्तारको अवसर प्राप्त हुनेछ,’ उनले भने।

कानुनी जटिलतालाई हटाएर मेडिकल कलेज सञ्चालनका लागि पूर्वाञ्चल विश्वविद्यालयलाई एमबीबीएस तहको शैक्षिक कार्यक्रमको पठनपाठन सुरु गर्न सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

दीक्षित हुने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै कुलपति प्रचण्डले जनताको बलिदानको जगमा बनाइएको संविधानको सफल कार्यान्वयन गर्दै देशको समुन्नति, समृद्धि एवम् विकास गर्ने चुनौती आफूसमक्ष रहेको उनले बताए।

‘जनताको जीवनस्तर माथि उठाउन आइपर्ने हरेक प्रकारका कठिनाइ र व्यवधानहरूको सामना गर्दै अगाडि बढ्ने चुनौतीहरू छन्। यस यात्रामा विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकता एवम् अन्तर्राष्ट्रिय श्रम बजारसमेतलाई ध्यानमा राखेर हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्छ,’ उनले भने।

कुलपति प्रचण्डले आफू ६ वर्षअघि ०७३ साल चैत २२ गते आयोजना गरिएको पूर्वाञ्चल विश्वविद्यालयको आठौँ दीक्षान्त समारोहमा कुलपतिका हैसियतले सहभागी भएको र आज दोस्रोपटक एघारौँ दीक्षान्त समारोहमा पनि कुलपतिका हैसियतले सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे।

पूर्वाञ्चल विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानुनका विषय अध्यापन गराउदै आएको छ। दीक्षान्त समारोहबाट ६ हजार ६५० जना विद्यार्थी दीक्षीत भएका छन्।

दीक्षान्त समारोहमा कला शंकायमा स्नातकतर्फ ९२, स्नातकोत्तरतर्फ ४३ जनालाई दीक्षान्त प्रदान गरिएको छ। यस्तै कानुन संकायतर्फ स्नातकतर्फ १९९ स्नाकोत्तर १०७,शिक्षाशास्त्र संकायतर्फ स्नातकतह ३५४ र स्नाकोत्तर तर्फ १४८, व्यवस्थापनमा स्नातक तहतर्फ १ हजार २४२, स्नातकोत्तरतर्फ ६१४ र एमफिलतर्फ ६ जना दीक्षित भएका छन्।

यस्तै, चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि शंकायमा स्नातकतर्फ एक हजार २६१ स्नातकोत्तरतर्फ १२३ र एमफिल गर्ने ६ जना गरी जम्मा ६ हजार हजार ५१३ जना दीक्षित भएको बताइएको छ। जसमध्ये १ हजार ९१३ जना भने सोही कार्यक्रममा उपस्थित भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =