उपनिर्वाचन : उम्मेदवार मनोनयनको दिन तनहुँमा गगन र चितवनमा विश्वप्रकाश खटिने

हिमाल प्रेस १९ चैत २०७९ १५:५२
54
SHARES
उपनिर्वाचन : उम्मेदवार मनोनयनको दिन तनहुँमा गगन र चितवनमा विश्वप्रकाश खटिने कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा। फाइल तस्बिर

काठमाडौँ- वैशाख १० मा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवार मनोनयनको कार्यतालिका छ। सोहीअनुसार दलहरूले पनि आ-आफ्नो उम्मेदवारको टुंगो लगाइसकेका छन्। नेपाली कांग्रेसले उपनिर्वाचन हुने तीनमध्ये दुई क्षेत्रमा आफ्नै पार्टीको उम्मेदवार तय गरेको छ।

चैत २० मा हुने मनोनयनका लागि कांग्रेसले दुई महामन्त्रीलाई खटाएको छ। तनहुँ-१ का उम्मेदवार गोविन्द भट्टराईको मनोनयनमा महामन्त्री गगनकुमार थापा सहभागी हुनेछन्। त्यस्तै चितवन-२ का उम्मेदवार जितनारायण श्रेष्ठको मनोनयनमा महामन्त्री विश्वप्रकाश शर्मा सहभागी हुनेछन्।

उपनिर्वाचन हुने बारा-२ मा भने कांग्रेसले जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेको छ। महामन्त्रीले सम्बन्धित निर्वाचनमा सोमबार नै हुने सभालाई सम्बोधन गर्नेछन्।

चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकतासम्बन्धी मुद्दामा उनकाे सांसद पद गुमेकाे थियाे। बारा क्षेत्र नम्बर २ मा निर्वाचित भएका रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन्।

तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: १९ चैत २०७९ १५:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =