संसद्‍मा सुमनाको प्रश्‍न- महत्त्वपूर्ण विषयहरू खाली कुर्सीलाई कहिलेसम्म सुनाउनु पर्ने?

हिमाल प्रेस १९ चैत २०७९ १५:१२
10
SHARES
संसद्‍मा सुमनाको प्रश्‍न- महत्त्वपूर्ण विषयहरू खाली कुर्सीलाई कहिलेसम्म सुनाउनु पर्ने?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपालका कुनै पनि निकायले तोकेको समयमा काम गर्न नसकेकोप्रति टिप्पणी गरेकी छन्। आइतबार बसेको प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएकी हुन्।

‘नेपालमा किन कुनै पनि निकायले तोकेकै समयमा काम गर्न सक्दैन्? पुल, सडकजस्ता पूर्वाधार पनि भनेको समयमा बन्दैनन्। कार्यालयहरूमा सेवाग्राहीले भनेको समयमा सेवा पाउँदैनन् यस्तो परिपाटी किन परिवर्तन गर्न सकिँदैन? नेपाली टाइम भन्ने जुन हाम्रो बुझाइ छ, यसलाई नै परिवर्तन गरौं,’ उनले भनिन्।

संविधानले तोकेको शक्ति पृथकीकरणको सिद्धान्त अहिले लागु हुन नसकेकोमा उनले प्रश्न गरिन्। सांसदहरू समयमै संसदमा उपस्थित नहुँदा महत्त्वपूर्ण विषयहरू खाली कुर्सीलाई सुनाउनुपर्ने बाध्यता रहेको उनले बताइन्।

‘महत्त्वपूर्ण विषय खाली कुर्सीलाई कहिलेसम्म सुनाउने?,’ उनले भनिन्,’ सांसदहरू समयमै उपस्थित हुनुपर्‍यो। नभए यो सदनले उहाँहरूको कार्यसम्पादनमाथि नै प्रश्न गर्ने क्षमता राखोस्।’

प्रकाशित: १९ चैत २०७९ १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =