नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

हिमाल प्रेस १९ चैत २०७९ १२:०३
30
SHARES
नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

काठमाडौँ- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बिमांकीय मूल्यांकनअनुसार बिमितले न्यूनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस प्राप्त गर्ने भएका हुन्।

नयाँ बोनसदरअनुसार सावधिक जीवन बिमालेखअन्तर्गत न्यूनतम ९ वर्षदेखि अधिकतम २६ वा सोभन्दा माथि अवधिका बिमालेखले ६३ देखि ८५ रुपैयाँसम्म बोनस पाउनेछन्। कम्पनीले सावधिक तथा आजीवन बिमालेखअन्तर्गत न्यूनतम ९ वर्ष देखि अधिकतम २६ वा सोभन्दा माथिको अवधि भएका बिमालेखमा बिमितले ६४ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस पाउनेछन्।

साथै अग्रिम भुक्तानी सावधिक जीवन बिमालेखमा न्यूनतम ९ वर्षदेखि अधिकतम २० वर्ष वा माथिको अवधिका बिमालेखमा बिमितले न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनस पाउनेछन्।

प्रकाशित: १९ चैत २०७९ १२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =