१५ प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति

हिमाल प्रेस २८ चैत २०७९ १७:३३ | Tuesday, April 11, 2023
१५ प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौँ- गत असारको तुलनामा फागुनमा १५ प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक रेको चालु आर्थिक वर्ष २०७९/८०को ८ महिनाको वित्तीय विवरणअनुसार असारको तुलनामा फागुनमा १५.२ प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको हो।

विवरणअनुसार फागुनमा मुलुकको विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबर पुगेको छ।

यसअघि असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको थियो। असारको तुलनामा १५.२ प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग १२ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। असारमा नेपाल राष्ट्र बैंकसँग उक्त विदेशी विनिमय सञ्चिति १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ थियो।

त्यस्तै राष्ट्र बैंकबाहेकका अन्य बैंक तथा वित्तीय संस्थासँग असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा फागुन मसान्तमा १ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ।

चालु आर्थिक वर्षको ८ महिनाको आयातका आधारमा अहिले रहेको विदेशी विनिमय सञ्चितिले आगामी करिब ११ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैंकको भनाइ छ।

प्रकाशित: २८ चैत २०७९ १७:३३ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast