१५ दिनमै कालो भयो स्वास्थ्य मन्त्रालयको कृत्रिम फोक्सो

हिमाल प्रेस ८ वैशाख २०८० १८:२१ | Friday, April 21, 2023
१५ दिनमै कालो भयो स्वास्थ्य मन्त्रालयको कृत्रिम फोक्सो

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलगेटमा जडान गरिएको कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ।

फोक्सोमा वायु प्रदुषणको असर मापन गर्न एचइपीए फिल्टरबाट बनेको एकजोडी कृत्रिम फोक्सो जडान गरेको १५ दिनमै कालो भएको मन्त्रालयले जनाएको छ। यसले वायु प्रदुषणले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको पुष्टि गरेको छ।

कालो भएको फोक्सोलाई शुक्रबार नै निकालिएको छ। १५ दिनमा आएको यो परिवर्तनलाई काठमाडौंका सामुदायिक विद्यालयहरूमा प्रदर्शन गरी वायु प्रदूषणको असरबारे सचेतनाका लागि प्रयोग गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ८ वैशाख २०८० १८:२१ | Friday, April 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast