स्वर्णिम वाग्ले निर्वाचित भएपछि एसएसपी चक्रबहादुरले भने : देश लुटेरालाई ठूलो धक्का

हिमाल प्रेस १२ वैशाख २०८० १८:०९ | Tuesday, April 25, 2023
स्वर्णिम वाग्ले निर्वाचित भएपछि एसएसपी चक्रबहादुरले भने : देश लुटेरालाई ठूलो धक्का

काठमाडौँ- तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अर्थविद् डा.स्वर्णिम वाग्ले निर्वाचित भएपछि नेपाल प्रहरीका एक एसएसपीले सत्ता गठबन्धनमाथि आक्रोश पोख्दै बधाई दिएका छन्। एसएसपी  चक्रबहादुर सिंहले  सत्ता गठबन्धनतर्फ इंगित गर्दै देश लुटेरालाई ठूलो धक्का लागेको भनेका हुन्। ‘देश लुटेराहरूलाई ठूलो धक्का बधाई छ डाक्टर साब’ उनले फेसबुकमा लेखेका छन्।

यहाँ नेकपा एमालेबाट नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल र कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराईलगायत उम्मेदवार थिए। उनले उनले सत्ता गठबन्धनमाथि रिस पोखेको देखिन्छ। केही दिनअघि नेपाल प्रहरीका १३ एसएसपी डीआईजीमा बढुवा हुँदा सिंह छुटेका थिए। बढुवामा छुटेका सिंह डीआईजी नबनेकै कारण उमेरहदका कारण एसएसपीबाटै अवकास हुनेछन्। सिंहले बढुवा सिफारिसविरुद्ध उजुरी पनि दिएका थिए। तर उनको उजुरीमाथि कुनै कारबाही नै भएन।

सिंहले सोमबार मतगणना जारी रहँदा पनि सत्ता गठबन्धनमाथि सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका थिए। उनले सोमबार लेखेका थिए, ‘सत्ता टिकाउन गलत निर्णय गराउने सत्ताधारीहरूलाई जनताले सवक सिकाउलान् जस्तो छ।’

यो पनि 

नेपाल प्रहरीको डीआईजी बढुवा सिफारिसविरुद्ध एसएसपीले दिए उजुरी

प्रकाशित: १२ वैशाख २०८० १८:०९ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast