स्वर्णिम वाग्लेका बुबा चढ्ने गाडी तोडफोड

हिमाल प्रेस ८ वैशाख २०८० ९:१६ | Friday, April 21, 2023
स्वर्णिम वाग्लेका बुबा चढ्ने गाडी तोडफोड तस्बिर स्रोतः उज्जवल पौडेलको फेसबुक।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्लेका बुबा चढ्ने गाडी तोडफोड भएको छ।

बिहीबार मध्यरातमा अज्ञात समूहले गाडी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।

तनहुँको सन्तोष होटलअगाडि पार्किङ गरिराखिएको बा ११ च ४२५० नम्बरको सो गाडीको सिसा फुटेको छ। सिसा फुटाउन प्रयोग भएको इँटा पनि भेटिएको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विकले जानकारी दिए।

प्रकाशित: ८ वैशाख २०८० ९:१६ | Friday, April 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast