सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारदेखि

हिमाल प्रेस ३ वैशाख २०८० २१:०७ | Sunday, April 16, 2023
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारदेखि

काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौँ प्रतियोगिता ‘सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप’ भोलि (सोमबार)देखि गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ।

७२ होलको प्रतियोगिता सोमबारदेखि सुरू भएर बिहीबारसम्म चल्नेछ। कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा ३२ प्रोफेसनल र ८ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

३६ होलको समाप्तीमा कट लागू हुनेछ। जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम दुई दिनका लागि स्थान बनाउने छन्।

विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार पाउनेछन्।

व्यवसायिक गल्फर भुवन नगरकोटी, जयराम श्रेष्ठ, धन थापा, निरज तामाङ, रामे मगर र रवि खड्कालाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ। तर यी शीर्ष वरियताका गल्फरहरूले छैटौँ प्रतियोगिताका विजेता सदभाव आचार्य र १३औँ दक्षिण एसियाली खेलकुद सागका दोहोरो स्वर्ण विजेता सुबाश तामाङको चुनौती पन्छाउनु पर्नेछ। अन्य एमेच्योर गल्फरहरू टासी छिरिङ, वाङचेन ढोन्डुप र विजय श्रेष्ठ आइनहाउसले पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

गोकर्ण गल्फ कल्बले प्रतियोगिताका लागि सबै तयारी पुरा गरेको छ। पीजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यो वर्ष एमेच्योर र प्रोफेसनल गल्फरहरूबीच कडा प्रतिस्पर्धा भैरहेको र यसले नेपाली गल्फ विकासका लागि सहयोग पुग्ने बताए। उनले नेपाली गल्फको विकासमा निरन्तर सहयोग गरेकोमा प्रायोजक सूर्य नेपाल प्रालिलाई धन्यवाद दिए।

प्रकाशित: ३ वैशाख २०८० २१:०७ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast