काठमाडौँ- सूर्य नेपालले नयाँ कन्फेक्सनरी उत्पादन ‘मिन्टो बाइट टफी’ नेपाली बजारमा सार्वजनिक गरेको छ। फ्रेसनेस इन इभ्री बाइट’ नारासहित कम्पनीले टफी सार्वजनिक गरेको हो।
टफी ‘मिन्ट’ स्वादमा ट्वीस्ट र्याप प्याकमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। उक्त टफीको मूल्य २ वटाको ५ रुपैयाँ तोकिएको छ। मिन्टो बाइटले सितलताको आभाष दिलाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मिन्टो बाइट नेपालभरका खुद्रा पसल तथा सुपरमार्केटहरूमा उपलब्ध हुने कम्पनीको भनाइ छ।
प्रकाशित: २६ चैत २०७९ १९:३८ | Sunday, April 9, 2023
प्रतिक्रिया



