सामसङको फोनमा नबिलका ग्राहकलाई दुई हजार क्यासब्याक

हिमाल प्रेस ५ वैशाख २०८० १२:३१ | Tuesday, April 18, 2023
सामसङको फोनमा नबिलका ग्राहकलाई दुई हजार क्यासब्याक

काठमाडौँ- सामसङ नेपाल र नबिल बैंकबीच सम्झौता भएको छ। यसअनुसार सामसङले भर्खरै सार्वजनिक गरेका दुई स्मार्टफोनमा नबिल बैंकका ग्राहकले क्यासब्याक प्राप्त गर्नेछन्।

सामसङ ग्यालेक्सी ए–३४ ५ जी र ग्यालेक्सी ए–५४ ५ जीको खरीदमा दुई हजारसम्म क्यासब्याक दिइने सम्झौतामा उल्लेख छ। नबिल बैंकका भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त क्यासब्याक प्राप्त गर्नेछन्।

यी दुवै मोडलका स्मार्टफोनमा अत्याधुनिक विशेषताका साथै ५००० एमएएचको ब्याट्री जडित छ।

प्रकाशित: ५ वैशाख २०८० १२:३१ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast