सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षद्वारा शपथ ग्रहण

हिमाल प्रेस २७ चैत २०७९ १५:४१ | Monday, April 10, 2023
सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षद्वारा शपथ ग्रहण

काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष उज्जल सत्यालले शपथ ग्रहण गरेका छन्। बैंकको १८औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित सत्याले सोमबार नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

सञ्चालक समितिका अध्यक्ष सत्यालसमक्ष अन्य सञ्चालकहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नवनिर्वाचित सञ्चालक समितिको कार्यकाल सुरु हुनेछ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाका कारण मुलुकभर ११२ शाखा कार्यालयमार्फत कारोबार हुँदै आएको अध्यक्ष सत्यालले बताए। उनकाअनुसार हाल बैंकले ३० एटीएममार्फत कारोबार गर्दै आएको छ।

प्रकाशित: २७ चैत २०७९ १५:४१ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast