सन्‌राइज बैंकका ग्राहकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट पाउने

हिमाल प्रेस ११ वैशाख २०८० १२:४३ | Monday, April 24, 2023
सन्‌राइज बैंकका ग्राहकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट पाउने

काठमाडौँ- सन्‌राइज बैंक लिमिटेड र भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच सम्झौता भएको छ। सम्झौताअनुसार अब सन्‌राइज बैंकका सम्पूर्ण ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यको उपचारको क्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधामा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुटसम्बन्धी सम्झौतापत्रमा सन्‌राइज बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपाल र हस्पिटलका अन्तर्राष्ट्रिय मार्केटिङ महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका छन्।

अपोलो हस्पिटलअन्तर्गत भारतभर रहेका ७३ वटै अस्पतालमा यो छुट प्राप्त हुने सम्झौतामा उल्लेख छ। भारतमा उपचारको लागि जाने नेपालीको लागि सन्‌राइज बैंकले ‘हेल्थ कियर कार्ड’ पनि सञ्चालनमा ल्याएको छ। भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च ‘सन्‌राइज स्वास्थ्य योजना’अन्तर्गत सोधभर्ना लिन सकिने बैंकले जनाएको छ।

प्रकाशित: ११ वैशाख २०८० १२:४३ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast