लोकतन्त्र उल्ट्याउन खोज्ने असंवैधानिक गतिविधिलाई छुट दिँदैनौँ : गृहमन्त्री

हिमाल प्रेस ५ वैशाख २०८० १५:२१ | Tuesday, April 18, 2023
लोकतन्त्र उल्ट्याउन खोज्ने असंवैधानिक गतिविधिलाई छुट दिँदैनौँ : गृहमन्त्री

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्र उल्ट्याउन खोज्ने असंवैधानिक गतिविधिलाई छुट दिन नसकिने बताएका छन्। मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने, पछाडि धकेल्न खोज्ने गतिविधिलाई छुट दिन नसक्ने बताएका हुन्।

‘जनयुद्ध र जनआन्दोलनको संयोजनबाट ठूलो युगान्तकारी परिवर्तन गर्‍यौँ,’ उनले भने, ‘संविधानसभाबाट संविधान बनाएर लोकतन्त्रलाई संस्थागत गरेका छौँ।’

अबको कार्यभार संविधानको रक्षा र कार्यान्वयन गर्नु भएको बताए। उनले संक्रमणकालीन न्यायको विषय छिटोभन्दा छिटो टुंग्याइने पनि बताए।

प्रकाशित: ५ वैशाख २०८० १५:२१ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast