लुम्बिनी विकास बैंकको डेपुटी सीईओमा आचार्य

हिमाल प्रेस ३ वैशाख २०८० २०:१९ | Sunday, April 16, 2023
लुम्बिनी विकास बैंकको डेपुटी सीईओमा आचार्य

काठमाडौँ- लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुमन आचार्य नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका आचार्यले यसअघि विभिन्न वाणिज्य बैंकहरूका विभागीय जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।

उनीसँग २२ वर्ष भन्दा बढी समय बैंकिङ क्षेत्रको उच्च व्यवस्थापनमा काम गरेको अनुभव छ। एनले सन् १९९९ मा त्रिविबाट एमबीएको उत्कृष्ट थेसिस लेखावापत श्री कृष्णचन्द्र रेग्मी अवार्डबाट सम्मान पनि पाएका थिए।

उनले उहाले आफ्नो बैंकिङ करियर सन् २००० बाट साबिकको नेपाल क्रेडिट एण्ड कर्मस बैंकमार्फत सुरु गरेका हुन्। उनको कुशल कार्यअनुभवले लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ३ वैशाख २०८० २०:१९ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast