लुम्बिनी प्रदेश : सरकार गठनका लागि दिएको म्याद घर्किँदै, भएन गठबन्धनमा सहमति

हिमाल प्रेस १४ वैशाख २०८० ७:२० | Thursday, April 27, 2023
लुम्बिनी प्रदेश : सरकार गठनका लागि दिएको म्याद घर्किँदै, भएन गठबन्धनमा सहमति

काठमाडौँ- लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दाबी पेस गर्ने समय आज सकिँदैछ।

मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि दाबी पेस आजसम्मको समय दिइएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन्।

नयाँ सरकारका लागि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दाबी गरेका छन्। तर, कस्को नेतृत्वमा सरकार गठन हुने हो रु त्यो भने अझै टुंगो लागेको छैनन।

एक महिना अघि भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेश गरेका थिए ।

 

प्रकाशित: १४ वैशाख २०८० ७:२० | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast