लुम्बिनीका मुख्यमन्त्रीले मागे विश्वासको मत (पूर्णपाठसहित)

हिमाल प्रेस ११ वैशाख २०८० १२:५० | Monday, April 24, 2023
लुम्बिनीका मुख्यमन्त्रीले मागे विश्वासको मत (पूर्णपाठसहित) लीला गिरी

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश सरकार जनतासँग नजिक रहेर प्रदेशमा पूर्वाधार तथा आर्थिक विकासमा केन्द्रित हुने बताएका छन्।

सोमबार प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री गिरीले प्रदेशसभाका सदस्यहरू दत्तचित्त भएर प्रदेश समृद्धिको गन्तब्यमा पुग्न चाहिने नीति तथा योजना निर्माणमा लागि रहेको समेत बताए।

‘प्रदेशसभा भित्रका समितिहरु संघीयतालाई बलियो बनाई अधिकार सम्पन्न र सुदृढ प्रदेश बनाउन सरकार सञ्चालनको यो अवधिमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको उचित कार्यान्वयन हुँदा आम नागरिकमा प्रदेश सरकारप्रति विश्वास र भरोसा अभिवृद्धि भएको छ’, गिरीले भनेका छन्।

साथै उनले प्रदेश सरकारप्रति प्रदेशवासीले देखाएको मायाले प्रदेश सरकारको महत्वलाई जनस्तरमा स्थापित गरेको तथा प्रदेश सरकारले लिएका समृद्धिका लक्ष्य पूरा गर्न केही महत्वपूर्ण कामहरु पूरा हुने चरणमा रहेका दाबी गरेका छन्।

प्रकाशित: ११ वैशाख २०८० १२:५० | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast