रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

हिमाल प्रेस २ वैशाख २०८० १९:०९ | Saturday, April 15, 2023
रौतहटमा गोली चल्दा एक जनाको मृत्यु सांकेतिक तस्बिर

जनकपुरधाम- रौतहटको गढीमाई नगरपालिकामा जग्गाका विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएपछि एक जनाको मृत्यु भएको छ।

धनगढीमाई नगरपालिका–८ धोबिनियामा जग्गा विवादलाई लिएर दुई समूहबीच विवाद भएपछि शनिबार भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ। घटनामा तीन जना घाइते भएका छन्।

धनगढीमाई नगरपालिका–८ का रामकुमार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले जानकारी दिए।
घाइते भएका तीनै जनाको उपचार गरुडास्थित ग्रान्डी अस्पतालमा भइरहेको छ।

प्रकाशित: २ वैशाख २०८० १९:०९ | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast