रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा

हिमाल प्रेस १६ वैशाख २०८० २०:०५ | Saturday, April 29, 2023
रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताबाट डीपी अर्यालले राजीनामा दिएका छन्। पार्टीले दलको नेता परिवर्तन गर्ने निर्णय गरेपछि उनले राजीनामा दिएका हुन्।

उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बुझाएको राजीनामा शनिबार पार्टीको संसदीय दल बैठकले स्वीकृत गरेको बताइएको छ।

पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्ने पार्टीले जनाएको छ। दोहोरो नागरिकता प्रकरणपछि लामिछानेको सांसद पद गएपछि उनी दलको नेताबाट स्वत: हटेका थिए। यसपछि अर्यालले दलको नेताको जिम्मेवारी सम्हाल्दै आएका थिए।

चितवन २ को उपनिर्वाचनबाट लामिछाने पुन: निर्वाचित भएपछि उनी दलको नेता बन्ने भएका हुन्। रास्वपाको अब बस्ने संसदीय दलको बैठकले लामिछानेलाई दलको नेता तोक्ने तयारी रहेको पार्टीका एक नेताले जानकारी दिए।

प्रकाशित: १६ वैशाख २०८० २०:०५ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast