राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँदिल्ली लगिँदै

हिमाल प्रेस ६ वैशाख २०८० ८:५४ | Wednesday, April 19, 2023
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँदिल्ली लगिँदै राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ- अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लाने तयारी गरिएको छ।

राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएको छ। चिकित्सकहरूले उनलाई थप उपचारका लागि भारत लैजानुपर्ने बताएका छन्। उनलाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजान लागिएको राष्ट्रपतिनिकट स्रोतको भनाइ छ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत पौडेललाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज बिहानै भेट गरेका छन्।

प्रकाशित: ६ वैशाख २०८० ८:५४ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast