राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, आइतबार ‘डिस्चार्ज’को सम्भावना

हिमाल प्रेस १६ वैशाख २०८० २१:२३ | Saturday, April 29, 2023
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, आइतबार ‘डिस्चार्ज’को सम्भावना राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको हो।

उपचारमा संलग्न चिकित्सकलाई उद्धृृत गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएकोको जानकारी दिएको छ। दूतावासका अनुसार राष्ट्रपति पौडेल भोलि (आइतबार)सम्म अस्पतालबाट डिस्चार्ज हुन सक्ने छन्।

‘राष्ट्रपतिको उपचार आज पनि जारी रह्यो,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रपतिको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताएका छन्।’ रासस

प्रकाशित: १६ वैशाख २०८० २१:२३ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast