राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर, भारतीय प्रधानमन्त्रीद्वारा स्वास्थ्यलाभको कामना

हिमाल प्रेस ७ वैशाख २०८० ७:०४ | Thursday, April 20, 2023
राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर, भारतीय प्रधानमन्त्रीद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

नयाँदिल्लीस्थित नेपाली राजदूतावासले बुधबार एक विज्ञप्ति जारी गरी चिकित्सकहरुको निगरानीमा रहेका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो।

नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा दिउँसोबाट उपचार सुरु गरिएका पौडेललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्वास्थ्य लाभको कामना गदैै शुभकामना सन्देश पठाएका छन्।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई बुधवार एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको थियो।

प्रकाशित: ७ वैशाख २०८० ७:०४ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast