रविका चालकलाई भेट्न पुगे सांसद बस्नेत

हिमाल प्रेस ५ वैशाख २०८० १७:०४ | Tuesday, April 18, 2023
रविका चालकलाई भेट्न पुगे सांसद बस्नेत

काठमाडौँ- सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतले दिलबहादुर थापाको उपचारमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। चितवनको पुरानो मेडिकल कलेजमा मंगलबार पुगेर पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता बस्नेतले यस्तो आश्वासन दिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सो पार्टीबाट चितवन–२ को उपचुनावका उम्मेदवार रहेका रवि लामिछानेका गाडी चालक थापा आइतबार राति घरको छतबाट लडेर सख्त घाइते भएका थिए।
चालक थापाको स्थायी घर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ हो।

बस्नेतका अनुसार थापाको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ। उनको उपचार प्रक्रियाबारे आफूले चिकित्सक टोलीसँग पनि छलफल गरेको बस्नेतले बताएका छन्।

बस्नेतले भने, ‘अस्पताल पुर्‍याउँदाको अवस्था भन्दा उहाँको स्वास्थ्य अवस्था केही सुधार भएको कुराले खुसी बनाएको छ। उहाँको उपचारका निमित्त कुनै पनि कुराको अभाव हुन नदिन आग्रह गर्दै हरेक आवश्यक सहयोगका निमित्त म तयार रहेको घाइतेको परिवार र अस्पताल प्रशासनसँग प्रतिबद्धता व्यक्त गरेको छु।’

लामिछाने बस्दै आएको भरतपुर महानगरपालिका–११ को ३ तले घरको छतबाट खसेर थापा गम्भीर घाइते भएका थिए। उनको खुट्टा र टाउकामा गम्भीर चोट लागेको छ।

प्रकाशित: ५ वैशाख २०८० १७:०४ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast