रमजानको शुभकामना तथा इफ्तार कार्यक्रम सम्पन्न

हिमाल प्रेस २८ चैत २०७९ १५:१२ | Tuesday, April 11, 2023
रमजानको शुभकामना तथा इफ्तार कार्यक्रम सम्पन्न

कतार- गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् कतारले आयोजना गरेको इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको शुभकामना आदान-प्रदान तथा इफ्तार कार्यक्रम प्रमुख अथिति गैरआवासीय नेपाली संघ आईसीसी सदस्य आरसी पन्थको सहभागितामा सम्पन्न भएको हो।

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् कतारका अध्यक्ष सुरेश भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा दोहाका विशिष्ट व्यक्तित्वहरू नेपालीहरूका लागि कतारका मानवाधिकारवादी प्रो. रमजान बाबु, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बख्श मिया, एनआरएनए संस्थापक अभियन्ता सागर नेपाल,अन्तर्राष्ट्रीय ट्रेड युनियन महासंघ कतारका प्रतिनिधि विश्वराज नेपाल, प्रवासी श्रमिक संघ कतारका उपाध्यक्ष खेमराज सुवेदीलगायत उपस्थित रहेको थियो।

प्रकाशित: २८ चैत २०७९ १५:१२ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast