मेन्छियाम हाइड्रोको आईपीओ सर्वसाधारणलाई बिक्री खुला

हिमाल प्रेस ४ वैशाख २०८० ९:०४ | Monday, April 17, 2023
मेन्छियाम हाइड्रोको आईपीओ सर्वसाधारणलाई बिक्री खुला

काठमाडौँ- मेन्छियाम हाइड्रोपावरको आईपीओ सोमबारदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ।

कम्पनीले आज वैशाख ४ गतेदेखि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो।

यो मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरिसकेको छ। त्यस्तै, ५ प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ।

बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित: ४ वैशाख २०८० ९:०४ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast