मुक्तिनाथले बचतकर्तालाई दियो १० लाख बिमा भुक्तानी

हिमाल प्रेस १४ वैशाख २०८० १४:१२ | Thursday, April 27, 2023
मुक्तिनाथले बचतकर्तालाई दियो १० लाख बिमा भुक्तानी

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले सवारी दुर्घटनामा ज्यान गुमाएका बचतकर्ताका परिवारलाई बिमा दाबी भुक्तानी गरेको छ।

बाँकेको कोहलपुर-११ का बचतकर्ता जयप्रकाश घर्तीको परिवारलाई बिमा दाबी भुक्तानी बापत १० लाख रुपैयाँ उपलब्ध गराएको बैंकले जनाएको छ। बिमा दाबी भुक्तानी बापतको रकम मृतककी श्रीमती सलिना वली घर्तीलाई हस्तान्तरण गरिएको बैंकको भनाइ छ। घर्तीले मुक्तिनाथ विकास बैंकमा बिमा सुविधा भएको ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ खोलेका थिए।

बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ खोल्ने ग्राहकको बिमा गरेको थियो। बैंकले १ करोड १ लाखसम्म बिमा सुविधा भएको ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ पनि सञ्चालनमा ल्याएको छ।

प्रकाशित: १४ वैशाख २०८० १४:१२ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast