मन्त्री किरातीले भने : छोराछोरीलाई मोबाइल किन्न ऋण लिएका आमाहरू पासो लाग्न बाध्य छन्

हिमाल प्रेस १६ वैशाख २०८० १३:३९ | Saturday, April 29, 2023
मन्त्री किरातीले भने : छोराछोरीलाई मोबाइल किन्न ऋण लिएका आमाहरू पासो लाग्न बाध्य छन्

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’कोे संज्ञा दिएका छन्।

बैँक तथा वित्तीय संस्थाले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरू रहेको मन्त्री किरातीको भनाइ छ।

होटल एसोसिएसन अफ नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छोराछोरीहरुलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरूको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि छ।

मन्त्री किरातीले पहिले शोषकहरू दौरासुरुवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताए।

उनले सहरमा पनि बैंक तथा वित्तिय संस्थाहरुको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण गराए। मन्त्री किरातीले बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउन सक्ने अवस्था नरहेको पनि बताए।

उनले भने,‘प्रकृति र संस्कृतिलाई जोगाउने किसिमको हाम्रो आजको विकासको नीति हुनु पर्‍यो। यसरी आम रूपमा विकास गरेर गएको पो नेपाल नयाँ हुन्छ।’
मन्त्री किरातीले प्रकृति र संस्कृतिलाई जोगाउने खालको विकास नीतिको आवश्यता पनि औंल्याए।

प्रकाशित: १६ वैशाख २०८० १३:३९ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast