मध्यपहाडी राजमार्ग : १० वर्षमा सक्नुपर्ने काम १४ वर्षमा ६४ प्रतिशत मात्रै

हिमाल प्रेस ३० चैत २०७९ २१:०६ | Thursday, April 13, 2023
मध्यपहाडी राजमार्ग : १० वर्षमा सक्नुपर्ने काम १४ वर्षमा ६४ प्रतिशत मात्रै फाइल तस्बिर।

काठमाडौँ- पाँचथरको चियो भञ्ज्याङ र बैतडीको झुलाघाट जोड्न निर्माण भइरहेको मध्यपहाडी राजमार्गको अवस्था दयनीय रहेको महालेखा परीक्षक कार्यालयले औँल्याएको छ।

महालेखा परीक्षक कार्यालयको बिहीबार सार्वजनिक ६०औँ प्रतिवेदनले सडक आयोजना निर्माणको अवस्था दयनीय रहेको औँल्याएको हो। आर्थिक वर्ष २०६४/६५ देखि सुरु गरिएको आयोजना आर्थिक वर्ष २०७४/७५मा सम्पन्न गर्ने लक्ष्य थियो।

तर, आयोजना सुरु गरिएको १४ वर्षसम्म पनि ६४ प्रतिशत मात्रै काम भएको छ। आयोजना सुरु गर्दा कुल लागत ८४ अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएकोमा पछिल्लो समय लागत समेत बढ्दै गएको महालेखाले औल्याएको छ।

महालेखाकाअनुसार चालू आर्थिक वर्ष २०७९/८०मा सम्पन्न गर्ने संशोधित अनुमानमा १ अर्ब ५० करोड रुपैयाँ लागत पुगेको छ। आयोजनाको कुल लम्बाई १ हजार ८ सय ७९ किलोमिटर रहेको छ।

हालसम्म १ हजार २ सय ५९ किलोमिटर सडक कालोपत्रे गरिएको छ। ग्त वर्षसम्म आयोजनामा ५८ अर्ब ८५ करोड रुपैयाँ खर्च गरिएको छ। उक्त खर्च कुल लागतको ६९ प्रतिशत रहेको पनि महालेखाले बताएको छ। कामको प्रगतिभन्दा बढी खर्च भएको छ।

प्रकाशित: ३० चैत २०७९ २१:०६ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast