प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस ३० चैत २०७९ १५:२९ | Thursday, April 13, 2023
प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- उपरथीमा बढुवा भएका सहायक रथी सुदर्शन सिलवाललाई प्रधान सेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। गत चैत २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथीमा बढुवा भएका सिलवाललाई बिहीबार शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

सिलवाल सैनिक इन्टेलिजेन्स महानिर्देशनालय (ईन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त भएका छन्। सोही अवसरमा, प्रधान सेनापति शर्माले महासेनानीमा बढुवा भएका तीन जना प्रमुख सेनानीहरूलाई पनि दज्र्यानी चिह्न प्रदान गरेका थिए।

प्रकाशित: ३० चैत २०७९ १५:२९ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast